प्रमोद यादव
पर्सा,५ असार:पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बडेर्वामा व्यवस्थापन समिति गठनका लागि शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ।
अभिभावक भेलाले व्यवस्थापन समितका ४ जना सदस्यहरु चयन गरेकाे छ ।जसमा सीता सुनर कुमारी, माेहनीदेवी थरुनी,शेषनारायण राय थारु र दयानन्द प्रसाद रहेका छन्।
अब यी चार जना मध्यबाटै एक जनालाई समितिकाे अध्यक्ष चयन गरिने विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दास थारुले जानकारी दिए।
नेपाल सरकारको शिक्षा ऐनमा गरिएको नयाँ संशोधन (२०८३) अनुसार अब विद्यालय व्यवस्थापन समितिमा गैरराजनीतिक र वास्तविक अभिभावकहरूको मात्र प्रतिनिधित्व सुनिश्चित गरिएकाे विद्यालयका प्रधानाध्यापक चेतमन प्रसाद दास थारुले जानकारी दिए।
भेलामा वडा नम्बर ८ का वडाध्यक्ष रामबढही यादवले शिक्षा क्षेत्रलाई राजनीतिको छायाँबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले भने, “शिक्षा र विद्यालयमा राजनीतिकरण बन्द गरिनुपर्छ। यसका लागि म सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध गर्दछु। पर्सागढी नगरपालिकाभरिमै उत्कृष्ट कार्य गर्दै आएको बडेर्वा माध्यमिक विद्यालयको प्रगति प्रशंसायोग्य छ। आगामी दिनमा यस विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट विनियोजन गर्न म प्रतिबद्ध छु। शैक्षिक सुधार नै देशको मूल परिवर्तनको संवाहक हो। सरकारको नयाँ संशोधनले गैरराजनीतिक रूपमा व्यवस्थापन समिति गठन गर्ने जुन ऐन ल्याएको छ, त्यसलाई मेराे पूर्ण समर्थन छ ।”
पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले नयाँ कानुनी प्रावधानबारे प्रष्ट पारे। उनले नयाँ कार्यविधिबारे जानकारी दिँदै भने, “नेपाल सरकारको शिक्षा ऐनमा भएको नयाँ संशोधन अनुसार अब विद्यालय व्यवस्थापन समितिमा ४ जना अनिवार्य रूपमा शुद्ध अभिभावक रहनेछन्, जसका बालबालिका सोही विद्यालयमा अध्ययनरत् छन्। ती ४ जनामध्येबाटै १ जना सर्वसम्मत वा लोकतान्त्रिक विधिबाट अध्यक्ष चयन गरिनेछ। यसबाहेक समितिमा १ जना वडा प्रतिनिधि, १ जना शिक्षक प्रतिनिधि रहने र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने कानुनी व्यवस्था गरिएको छ।”
भेलामा वडा नंबर १ का वडाध्यक्ष राजकपुर खवास, नेपाल पत्रकार महासंघ पर्साका सदस्य एवं जिल्ला शिक्षा पत्रकार संघका अध्यक्ष प्रमोद यादव, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजीवी, अभिभावक लगायतका उपस्थिति रहेको थियो।

