Madhes Khabar
शिक्षा

देशभरका सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क खानेपानी उपलब्ध गराउने मन्त्री यादवको प्रतिबद्धता

वीरगन्ज,२०माघःसंघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सबै सामुदायिक विद्यालयहरुमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

वीरगन्ज–१३ राधेमाईमा रहेको साउथ जोन माविको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,‘देशभरका सबै सामुदायिक विद्यालयहरूमा शुद्ध तथा स्वच्छ खानेपानी निःशुल्क रूपमा जडान र वितरण गर्ने प्रतिबद्धता यहि कार्यक्रम मार्फत व्यक्त गर्छु ।’साथै एक वर्षभित्र २७ प्रतिशतबाट शुद्ध खानेपानीको पहुँचलाई ५७ प्रतिशतसम्म पु¥याउने लक्ष्यसहित खानेपानी मन्त्रालयले काम गरिरहेकोपनि उनले बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क खानेपानी जडान तथा वितरण गर्न शिक्षा मन्त्रालयबाट सहसचिव र खानेपानी मन्त्रालयबाट सहसचिव मिना श्रेष्ठको नेतृत्वमा एक विशेष टोली गठन गरिसकिएको भन्दै उनले उक्त टोली गृहकार्यमा जुटिसकेको जानकारी समेत गराए ।

देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क शुद्ध खानेपानीको जडान तथा वितरण कार्य केहि दिनमै सुरु गरिने उनले बताए ।

फरक प्रसंगमा मन्त्री यादवले विद्यालयमा अध्ययनरत आफना छोरीछोरीको शैक्षिक गतिविधीबारे हरेक अभिभावकले चासो राख्नु पर्ने सुझावपनि दिदए । उनले भने,‘ आफ्ना नानी–बाबुले एक वर्षमा विद्यालयमा के के सिके ?तिनको पढाइ, खेलकुद तथा अन्य क्रियाकलाप कस्तो छ भनेर अभिभावकहरूले जानकारी लिनुपर्छ ।’

विद्यालयबाट घर फर्किएपछि विद्यार्थीहरूको गृहकार्य, अध्ययन तथा अन्य गतिविधिमा अभिभावकहरूले ध्यान दिनु आवश्यक भएको भन्दै उनले भने,‘विद्यालयको मात्र भर नपरी घरमै पनि बच्चाहरूको शिक्षामा चासो राख्नुपर्छ ।’साथै विद्यालय व्यवस्थापनदेखि अन्य प्रशासनिक पक्षबारेपनि अभिभावकहरुले आफ्नो दायित्व ठानेर चासो राख्नुपर्ने उनको भनाई थियोृ ।

विद्यालयका प्राचार्य सरोज चौधरीको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतितथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रहबर अन्सारी,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरी,पर्साका प्रहरी उपरक्षिक गौतम मिश्र,वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका हरि राउत ,नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेजमा रुपान्तरण गर्न जरुरी छ : मेयर सिंह

MadhesKhabar

पर्साको बिन्दवासिनी गाँउपालिकाका विधालयहरु १ महिनाका लागि बन्द

MadhesKhabar

राउन्ड टेबलद्वारा निर्मित कक्षाकोठाको जसपाका सचेतक यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment