मधेसखबर
वीरगन्ज २८जेठ :पर्साको सखुवाप्रसौनी गाउपालिका २ औराहा पचगाँवा स्थित दिपनारायण आदर्श नमुना माध्यमिक विधालयमा शनिबार पुरुष छात्रावास भवनको शिलान्यास गरिएको छ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले छात्रावास भवनको शिलान्यास गरेका हुन्। नेपाल सरकारको नमुना विद्यालय छनौट मा परेको उक्त विधालयमा १करोड ८५ लाख रुपैयाँ को लागतमा छात्रावास भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै गापा अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि आफ्नो प्राथमिकतामा रहेको बताए। उनले उक्त विधालयमा बिबिएसको अध्ययन संन्चालनका लागि प्रकृया अगाडि बढाउन प्रध्यानाध्यापक शीवनाथ चौधरीलाइ निर्देशन पनि दिए ।
विधालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष देवकी महतो थरुनीको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट,वडा अध्यक्षहरु बाशुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजालिम मिया, महम्मद आरिफ,गाउँकार्यपालिकाका सदस्यहरु,गाउँपालिकाका कर्मचारी,शिक्षकशिक्षिकाहरुको लगायतको उपस्थिति रहेको थियो।

