Madhes Khabar
शिक्षा हेडलाइन

गर्मीले विद्यार्थी कक्षाकोठामै मुर्छा पर्न थाले, वीरगन्जका विद्यालयमा विदा दिनु पर्यो :अभिभावक


फाइल तस्बिर ।

वीरगन्ज,१३जेष्ठः बढ्दो गर्मी अझै केहिदिन कम हुने संकेत नदेखिएकाले वीरगन्ज महानगरपालिकामा रहेका सबै विद्यालयहरु केहि दिनका लागि बन्द गर्न जनस्तरबाट आवाज उठेको छ ।

आइतबारमात्रैै मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराई–मधेसका जिल्लाहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै विशेष बुलेटिन प्रकाशन गरेको छ ।

वीरगन्जसहित यस आसपासको क्षेत्रमा केहिदिन यता अधितकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी नै मापन गरिएको महाशाखाले जनाएको छ ।
गर्मी अत्याधिक बढिरहेका कारण विद्यालयहरुमा पठनपाठनमा समस्या भएको र विद्यार्थीहरु मुर्छा परेर बेहोशपनि भइरहेकोले केहि दिनका लागि गर्मी विदा दिएर विद्यालय बन्द गर्नुपर्ने अभिभावकहरुले सामाजिक सञ्जालमार्फत आग्रह गरिरहेका छन् ।

अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहले आइतबार फेसबुक पेजमा पोष्ट गरेका छन् – प्रचण्ड गर्मीका कारण आजभोलि स्कुलमा विद्यार्थीहरु मुर्छित हुने अवस्था छ । त्यसका कारण अर्को कुनै विदामा मिलान हुने गरी यो प्रचण्ड गर्मीमा केहि दिन विदा दिदाँ राम्रो हुन्थ्यो । यस सम्बन्धमा समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।

यस्तै वीरगन्ज ३ छपकैयाका युवा राजकुमार सर्राफलेपनि फेसबुकमा लेखेका छन् – बढ्दै गरेको प्रचण्ड गर्मीलाइ ध्यानमा राखी सम्बन्धित निकायले विद्यालय बन्द गरिदिनुपर्छ । टिनको छानाभित्रबाट प्लाइउडले बनाएको कक्षा कोठामा एक त बचाहरुको चाप र त्यसमाथी कक्षा कोठामा २ वटा पंखा । गर्मीले कुनै विद्यार्थी उल्टि गर्दैछ्न भने कसैलाई ज्वोरोले सताइरहेको पाइएको छ । सम्बन्धित निकायको ध्यान आकर्षण होस् ।

 

Related posts

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

प्रधानमन्त्रीको आश्वासन पछि मधेस सरकारको आन्दोलन स्थगित

MadhesKhabar

बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ६ जना घाइते

MadhesKhabar

Leave a Comment