प्रमोद यादव
पर्सा,१माघःपर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ पचगावा बजारमा बिहीबार आयोजित रक्तदान कार्यत्रक्रममा ले रक्तदान गरेका छन् ।सखुवा प्रसौनी गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा सृजनशील शिक्षा विकास केन्द्रले गादीमाई पोलियो क्लिनिकको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित ४५ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा सिकेन्द्र साह, केसराज चौधरी, रन्जित पुरी, सुधिर चौधरी, सम्भु सहनी, बिरेन्द्र महतो थारु, उमेस चौधरी, सन्तोष रौनियार, दिपेन्द्र चौधरी, नवल किशोर महतो, बृजभुषणन दास, राजकिशोर रौनियार, शम्भु साह, मनोज कुर्मी, सन्तोष राम, विश्वजीत यादव लगायतका रहेको आयोजक सृजनशील शिक्षा विकास केन्द्रका अध्यक्ष चिरञ्जीवी यादवले जानकारी दिए ।
त्यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष “रक्तदान जीवनदान“ भएको बताउँदै गाउँपालिकाले यस्ता मानवीय र सामाजिक कार्यमा सधैं सहयोग र प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिव यादवलले स्वास्थ्य संस्थाहश्ररुमा उपचारत बिरनामीलाई आवश्यक परेका बेला रगतको अभाव हुन नदिन यस्ता स्थानीय स्तरका कार्यक्रमले निक्कै मदत गर्ने बताए ।आयोजक संस्थाका अध्यक्ष चिरञ्जीवी यादवले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि काम गरिरहेको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
अध्यक्ष यादवकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा गाँउपालिकाका प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर, लेखा शाखा प्रमुख सुमन साह, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार,इलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीका प्रहरी निरीक्षक प्रकाश थापा, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य एवं शिक्षा पत्रकार समुह पर्साका अध्यक्ष प्रमोद यादव, स्थानीय पत्रकार विनोद यादव लगायतकाको पनि उपस्थिती थियो ।

