काठमाडौं,२४पुसःनेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समितिले प्रतिनिधिहरुका लागि काठमाडौंमा कोठा व्यवस्थापन गरेको छ ।
आवास तथा भोजन समितिका संयोजक रमेश धमलाका अनुसार विशेष महाधिवेशनमा आउने प्रतिनिधिका लागि एक हजार ५०० कोठा बूक गरिएको हो ।एयरपोर्ट, सुन्धारा, ठमेल र नक्साल क्षेत्रका होटलमा ती कोठाहरु बुक गरिएको हो ।‘फोकल पर्सन तोकेर हरेक निर्वाचन क्षेत्रबाट आएका साथीहरूलाई सहज रूपमा बस्न पाउने गरि व्यवस्थापन भएको छ’, धमलाले भने ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।

