Madhes Khabar
Uncategorized

समृद्ध नेपालका युवाहरुको सह्रानीय कार्य, भोजन तथा राहत वितरणसँगै वर्षाले भत्काएको घर बनाए!

वीरगञ्ज, १७ जेठ ।
समृद्ध नेपाल संस्थाले वीरगञ्जका विभिन्न स्थानमा दैनिक ३ सय भन्दा धेरैलाई निःशूल्क रुपमा भोजन वितरण गर्दै आएको छ ।  निषेधाज्ञाबाट प्रभावित भएका गरिब, विपन्न तथा नियमित ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका परिवारलाई मध्यनजर गर्दै संस्थाले निःशूल्क भोजन वितरण अभियान थालनी गरेको हो ।

संस्थाले हालसम्म वीरगञ्जको शंकराचार्य गेट, रजतजयन्ती, नगवा, जेल रोड, बिर्ता, आदर्शनगर, माइस्थान, बसपार्क, पावरहाउस लगायतका स्थानमा गरी १० हजारभन्दा धेरैको भोक मेटाइसकेको संस्थाका अध्यक्ष आयुष गुप्ताले बताए । संस्थाले सशस्त्र प्रहरीको गाडीमार्फत भोजन वितरण गरीरहेको छ ।

वीरगञ्जका सक्रिय युवाहरुको समूह समृद्धि नेपालले भोजन वितरणसँगै महामारीमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई समेत खाजा वितरण गर्दै आएको छ । संस्थाका पदाधिकारी र सदस्यहरुको व्यक्तिगत खर्चबाट सामाजिक कामहरु गरीरहेका संस्थाका सचिब सुशान्त सोनीले बताए । संस्थाले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को इटयाही, प्रसौनी र पटेल नगरमा ६० परिवारलाई राहतस्वरुप खाद्य सामाग्री समेत वितरण गरेको छ ।

त्यसैगरी वीरगञ्जको माइस्थानमा पनि १ सय परिवारलाई राहत वितरण भइरहेको संस्थाकी सदस्य खुशी रौनियारले बताईन् । यति मात्रै नभएर वीरगञ्जको रजतजयन्ती चौकमा केही दिनअघिको हावाहुरी र वर्षाले भत्काइदिएको १ ओटा घर समेत निर्माण गरेर संस्थाले हस्तान्तरण गरेको छ । संस्थाका कार्यकारी निर्देशक राहुल सर्राफ, कोषाध्यक्ष प्रियांशु गुप्ता, सदस्यहरु कबिर खाण, निखिल चौरसिया, अनिकेश श्रीवास्तव, सिद्धार्थ गुप्ता लगायतको सक्रियतामा भोजन वितरण, राहत वितरण लगायतका कामहरु भइरहेको छ ।

Related posts

काँग्रेसले नपत्याएका गुप्ताले काँग्रेसकै उम्मेदवारलाइ दोब्बर मतले हराइदिए

MadhesKhabar

हावाहुरीले पर्सामा ठूलो धनमालको नोक्सानी , कुखुरा फर्ममा आगलागी हुदा ५१ लाख क्षति

MadhesKhabar

पर्साको औराहामा गोली चल्यो

MadhesKhabar

Leave a Comment