Madhes Khabar
स्थानिय हेडलाइन

धार्मिक र सामाजिक सदभाव बिगार्न खोज्नेहरुलाई तत्काल पक्राउ गर्न पर्साका सीडीओको निर्देशन

वीरगन्ज,२०पुसःजिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक र धार्मिक सद्भावमा खलल पुर्याउने नियतले फेसबुक, टिकटक र इन्स्टाग्राममा गरिएका पोष्ट, भिडियो र तस्बीरहरुको निगरानी भइरहेको जनाएको छ ।

धनुषाको एक मस्जिदमा तोडफोड गरिएको घटनाको विषयलाई लिएर आइतबार वीरगन्जमा प्रदर्शन भएपछि उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक सूचना नै जारी गरेर उक्त जानकारी गराएका हुन् ।

सामाजिक सद्भावमा खलल पुरर्याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव सृृजना गरी राष्ट्रिय एकतामा आँच पुरर्याउने वा झुठ्ठा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मान मर्दन गर्ने कार्यमा संलग्न व्यक्तिका टिकटक, फेसबुक र इन्स्टाग्राममा भइरहेका हरेक गतिविधिको सुक्ष्म रुपमा निगरानी भैरहेको प्रजिअ दाहालले जनाएका छन् ।

सामाजिक सञ्जालहरुमा त्यस्ता गतिविधि गर्नेहरुलाई प्रहरीले तुरुन्तै पक्राउ गरेर प्रचलित कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन समेत उनले दिएका छन् ।यसबारेमा भएका कानुनी कारबाहीका प्रावधानहरु बारे प्रजिअ दाहालले जारी गरेको सूचनामा भनिएको छ–

१. मुलुकी अपराध संहिता, २०७४ः धर्म सम्बन्धी कसूरः दफा १५५ मा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुरÞ्याउने नहुनेः कसैले कुनै जात, जाती, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि नोक्सानी वा क्षति पुरÞ्याउने वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहर मैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन।यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन बर्षसम्म कैद र तीस हजार रुपैयासम्म जरिवाना हुनेछ।

दफा १५६. धार्मिक भावनामा आघात पुर्याउन नहुनेः कसैले लेखेर, वचनले वा चिन्हद्वारा वा अरु कुनै किसमबाट कुनै जात, जाती सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन। यस्तो कसूर गर्ने वा गराउने ब्यक्तिलाई दुई बर्षसम्म कैद र बीस हजार रुपैयासम्म जरिवाना हुनेछ ।

२. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ः दफा ४७. विद्युतीत स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्नेः कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगायका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामाग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

 

Related posts

वीरगन्जकाे नयाँ बसपार्कबाट बेवारिसे गाडीहरु हटाइँदै, पार्किङमा पनि कडाई

MadhesKhabar

वीरगन्जमा तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाले गरे रगत दान

MadhesKhabar

पर्सा: कृषि हाटबजार सेड सञ्चालनमा ढिलाई

MadhesKhabar

Leave a Comment