वीरगन्ज,१९पुसःमधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले वीरगन्जमा निर्माणाधिन मानव सेवा आश्रम वीरगन्ज शाखाको भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार वीरगन्जमा आयोजित मानव सेवा आश्रम वीरगन्ज शाखाको ८ औं वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री पटेलले भने,‘ वीरगन्जमा पनि आश्रमको आफ्नै भवन निर्माण भइरहेको छ । त्यसमा मैलेपनि आफ्नो व्याक्तिगत तर्फबाट सहयोग गर्छु।’यसका साथै आश्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगका लागि आँफु सदैव तत्पर रहनेपनि उनले बताए ।
मन्त्री पटेलले देशभरका मानव सेवा आश्रम सञ्चालनमा राज्यको कुनै सहयोग र योगदान नरहेको तीतो यथार्थ रहेको बताए । समाज सेवामा लागेहरुको योगदानबाटै देशभरका मानव सेवा आश्रमहरु सञ्चालनमा रहेको बताउँदै उनले भने,‘ मानव सेवा आश्रममा खटिएका स्वंयसेवकहरु इश्वरुपी भगवान् हुन् । उनिहरुको इमानन्दिरता, सेवा भाव र योगदानको जतिसुकै प्रशंसा गरेपनि त्यो कम नै हुन्छ ।
समारोहमा मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपनि प्राध्यापक डाक्टर दीपक शाक्य,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

