Madhes Khabar
समाज

मेयर सिंह भन्छन् : गलत काम गर्छु भने कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको हो

मधेसखबर
वीरगन्ज,११असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफुले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताएका छन् ।

शनिबार वीरगन्जमा ब्रह्म कुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर सिंहले भने ,‘ यदि मैले सही काम गर्छु भने मलाइ साथ र सहयोग गर्नुस् , तर यदि गलत काम गरेछु भने मेरो कान समातेर सहि बाटोमा ल्याउने जिम्मा पनि वीरगन्जवासीकै हो ।

आफु वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएपनि जनताको सेवक रहेको उनले बताए ।उनले भने ,‘ जुन आशा र भरोसाले वीरगन्जवासीले मलाइ मेयरमा जिताए, त्यो हिसाबले म जनताको सेवक हु ।वीरगन्जको हितमा आफुलाइ काम गर्ने मौका दिन आग्रह गर्दै उनले भने ,‘ वीरगन्जमा अहिले जुन बेथिती छ त्यसलाइ थितीमा ल्याउन अत्यन्त जरुरी छ , तर यसका लागि मलाइ जिताएर मात्र हुदैन , मैले गरीरहेको काम तपाइको साथ अति जरुरी छ ।

राजेशमानलाइ मेयरमा जिताए भन्दैमा वीरगन्जको विकास र परिवर्तन नहुने भन्दै उनले भने ,‘ जब सम्म मैले वीरगन्जवासीको साथ र सहयोग पाउदिन तब सम्म वीरगन्जको विकास र परिवर्तन हुन सक्दैन ।उनले आफ्नो परमात्मा भनेकै वीरगन्जवासी रहेकाले उनीहरुकै सेवामा आफू तल्लिन रहेको बताए ।

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र वीरगन्जकी क्षेत्रीय निर्देशक रविना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबुबाट आएका हरगोविन्द भाइ, विजयराज सिग्देल लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

वडाअध्यक्ष चतुर्वेदीकाे अग्रसरतामा महिलाहरुका लागि सीपमुलक तालिम सञ्चालन

MadhesKhabar

वीरगन्जमा गरिब विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

जेष्ठ नागरिकलाई सम्मानित गर्दै प्रदीप यादवले भने : ज्येष्ठ नागरिक समाजका खम्बा हुन्

MadhesKhabar

Leave a Comment