Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको आमसञ्चार नियमन समितिको संयोजकमा पत्रकार नेपाल नियुक्त

वीरगन्ज,१६पुसः झण्डै १ वर्षदेखि रिक्त रहेको वीरगन्ज महानगरपालिकाको ‘आमसञ्चार प्रबद्र्धन तथा नियमन समिति’ को संयोजकमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समितिको संयोजकमा नेपाललाई नियुक्त गरेका हुन् ।नेपाल, वीरगन्जबाट प्रकाशन हुदैं आएको प्रतिक दैनिक पत्रिकाका सम्पादक हुन् । उनि नेपाल पत्रकार महासंघ पर्सा शाखाका प्रर्व अध्यक्षपनि हुन् ।
बुधबार महानगरका मेयर सिंहले आफ्नै कार्यकक्षमा बोलाएर नवनियुक्त संयोजक नेपाललाई औपचारिक रूपमा उक्त जिम्मेवारी सुम्पिँदै नियुक्तीपत्र प्रदान गरेका हुुन् ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका पत्रकार नेपालको अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उनलाई संयोजकको जिम्मेवारी दिइएको मेयर सिंहले बताए । यसअघि समितिको संयोजक पत्रकार ध्रुब अधिकारी रहेका थिए ।

नेपााललाई नियुक्तीपत्र हस्तान्तरणका अवसरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

पर्सामा १० केजी गाँजासहित माेटरसाइकल चालक पक्राउ

MadhesKhabar

पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

MadhesKhabar

मेयरमाथि दुव्यर्वहार गर्नेलाई कारबाही गर्न जसपाको माग

MadhesKhabar

Leave a Comment