Madhes Khabar
स्थानिय

पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

तस्बिर : कालिकाटाइम्स ।

वीरगन्ज,३१बैशाखःपर्साको धोबीनी गाउँपालिका वडा नम्बर ५ धोबिनीमा बुधबार दिउँसो आगलागी हुदाँ स्थानिय धोबी मियाँको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

अगलागीबाट मियाँको फेसको र पूर्ण रुपले जलेर नष्ट हुनुको साथै घरभित्र रहेका १२ वटा बाख्रा, १२ क्विन्टल धान लगायतको सामग्री पनि जलेर क्षति भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक ज्योतिप्रकाश कार्कीले जानकारी दिए ।

विद्युत सर्किट सर्ट भएर वा चुल्होबाट आगो सल्किएर आगो लागेको हुन सक्ने आशंका गरिएपनि आगलागीको कारण भने अझै यकिन हुन नसकेको छैन । यसबारेमा तथा आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

आतंकवादविरुद्धको लडाईमा वीरगन्ज महानगरका मेयर सिंहले जनाए समर्थन

MadhesKhabar

भ्रष्टाचार विरुद्ध वीरगन्जमा लगातार तेश्राे दिन जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

दिल्लीमा मजदुरी गर्न गएका पर्साका एक युवकको चार तल्ले भवनबाट खसेर मृत्यु

MadhesKhabar

Leave a Comment