Madhes Khabar
स्थानिय

बाराकाे कलैया-१ बाट बेपत्ता भएकी २ वर्षीया बालिका सकुशल फेला परिन्

बारा,७ भदौ:बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ देखि हराएकी स्थानीय मुकेश मण्डलकी २ वर्षीया छोरी बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्।

शनिबार साँझ घरैबाट बेपत्ता भएकी बालिकालाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी हुन्।

बालिकालाई नालाबाट तत्काल उद्धार गरी आफ्नै घरमा लगी हेरचाह गरेपछि प्रहरीको समन्वयमा सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिबार साँझ बालिका हराएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमान्डमा सुरक्षा निकायको टोलीले रातभर खोजी अभियान चलाएको थियो।

तालिमप्राप्त कुकुरसहित परिचालन गरिएको प्रहरी टोलीले सर्च अपरेशन गरेको थियो । खोजी कार्यमा नेपाल प्रहरीले सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहयोग लिएको थियो।

Related posts

वीरगन्जको छपकैयाबाट लाखाैं मुल्यकाे पटाका बरामद

MadhesKhabar

बारामा एक महिला बलात्कृत

MadhesKhabar

वीरगन्जलाई हरित शहर बनाउने अभियान अन्तर्गत चार सय वटा बिरुवा राेपियाे

MadhesKhabar

Leave a Comment