Madhes Khabar
राजनीति

समानुपातिक उम्मेदवार बनाइएका डा. रामजी रामले रास्वपा नेतृत्वप्रति पोखे चर्को असन्तुष्टि

वीरगन्ज,१५पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार बनाएका चमार जातिकै पहिलो चिकित्सक डा. रामजी रामले निर्वाचन आयोगमा रास्वपाले पेश गरको समानुपातिक उम्मेदवारहरुको बन्दसूची देखेर लज्जाबोध भएको टिप्पणी गरेका छन् ।
सोमबार रास्वपाले समानुपातिकतर्फका ११० जना उम्मेदवारको नामसहितको बन्दसूची निर्वाचन आयोगमा बुझाएकोमा डा. रामको नाम पनि दलित पुरुष कलष्टरमा समावेश छ । तर रास्वपाले पार्टीभित्र गरेको आन्तरिक भोटीङमा अग्रस्थानमा रहेका केहि व्याक्तिहरुको नाम निर्वाचन आयोगमै पेस नगरिएको , केहिको नाम नै हटाइएको पाइएपछि डा. रामले रास्वपा नेतृत्वको आलोचना नै गरेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. रामले रास्वपाको बन्दसूचीबाट आफ्नो नाम हटाइदिन नेतृत्वसंग आग्रह पनि गरेका छन् ।

फेसबुकमा डा. रामले लेखेको स्टाटास यस्तो छ :

प्रिय रास्वपाका साथीहरू
लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको । अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराइ अग्र स्थान हासिल गरेका व्यक्तिहरु मतअनुसारको स्थान नभई माथि तल परेको देखियो भने दलितबाट सर्वाधिक मत ल्याउनु भएका बिजय जैरु जीको नाम समानुपातिक लिस्ट मै देखिएन ।प्राइमरी इलेक्सनलाई छनोटको आधार मानिएको हो वा होइन जवाफ चाहियो । रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरु जीलाई स–सम्मान उचित स्थानमा राखौ ।मेरो नाम त्यहाँ हुनु र वहाँको नाम लिस्टमै नहुनुले मलाई लज्जा बोध भयो । मलाई राख्नु परेकोले वहाँ नअट्नु भएको हो भने बरु म अन्य फरक भूमिकामा रहेर पनि देश र पार्टीलाई न्याय र सुशासनको खबरदारी गर्दै गरौला । पार्टी भित्रको लोकतान्त्रिक अभ्यासले नै साच्चो अर्थमा पार्टी बलियो बनाउछ ।धन्यवाद !

Related posts

पर्सा–२ मा पूर्वसांसद अमरेस सिंहको आगमन हुदाँ कांग्रेस–कम्युनिष्टका ५०० बढी युवा रास्वपमा प्रवेश

MadhesKhabar

जसपा नेपालको समाजवादी महिला संघकी वीरगन्ज महानगर अध्यक्ष सर्राफ जनमत पार्टीमा प्रवेश

MadhesKhabar

माओवादी लडाकु शिविर घोटालाकोपनि छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

MadhesKhabar

Leave a Comment