Madhes Khabar
राजनीति

जसपा नेपालको समाजवादी महिला संघकी वीरगन्ज महानगर अध्यक्ष सर्राफ जनमत पार्टीमा प्रवेश

वीरगन्ज,१३मंसिरःउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् । जसपा नेपालको समाजवादी महिला संघको वीरगन्ज महानगर अध्यक्षसमेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।

पहिलो मधेस मधेस आन्दोलनमा सक्रिय भूमीका निर्वाह गरेकी नेतृ सरार्फलाई बिहीबार वीरगन्जस्थित जनमत पार्टीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरे । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्तापनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, युवा नेता राजुराज गिरी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

लोसपाको चुनावी घोषणापत्र : संविधान संशोधन प्रमुख मुद्दा

MadhesKhabar

पर्सा-३ मा कांग्रेस उम्मेदवार सुरेन्द्र चाैधरी जनसम्पर्क अभियानमा व्यस्त

MadhesKhabar

पर्साको लङगडीमा काँग्रेसको चुनावी सम्पर्क कार्यालय स्थापना

MadhesKhabar

Leave a Comment