Madhes Khabar
राजनीति

माओवादी लडाकु शिविर घोटालाकोपनि छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बुटवल,२६ साउनः नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पु¥याउनुपर्ने बताए ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको भट्टराईले बताए ।साभार : अनलाइनखबर

Related posts

मन्त्री गुप्तालाई एमाले मधेस प्रदेश कमिटीले गर्‍यो सम्मानित

MadhesKhabar

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

MadhesKhabar

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

MadhesKhabar

Leave a Comment