Madhes Khabar
राजनीति

पर्साकाे धाेबिनी गाँउपालिकामा भूतपूर्व इन्स्पेक्टर कुर्मी बने रास्वपाकाे सभापति

वीरगन्ज,२७मंसिर:पर्साकाे धाेबिनी गाँउपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम पालिका भेला शनिबार सम्पन्न भएको छ।भेलाले नेपाल प्रहरीका अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) ललन प्रसाद कुर्मीकाे सभापतित्वमा रास्वपाकाे पालिका समिति चयन गरेको छ।

 

जस्काे उपसभापतिमा निरज पटेल , सचिवमा उदितनारायण पटेल ,कोषाध्यक्षमा बृजलाल पटेल तथा सदस्यहरुमा प्रमोद पटेल ,नुबिन राम ,सन्दिप पटेल ,रामनरेश पटेल , सुरसती देवी ,रजरीश पटेल र प्रियंका देवी पासवान रहेका छन्।

 

रास्वपाका क्षेत्रिय सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलालाई रास्वापा पर्सा सभापति हरी पन्त लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।त्यसक्रममा सभापति पन्तले भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरु विरुद्दको विद्रोह भएकोले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक मात्र मुलुकको परिवर्तनको सम्बाहकको रूपमा हेरेको बताए । उनले अब रास्वपाले आसन्न निर्वाचनमा स्पष्ट रुपमा एकल बहुमत ल्याउने पनि बताए ।

 

कृष्णा पासवानले सहजिकरण गरेकाे उक्त भेलालाई केन्द्रिय सदस्य नन्दन यादव, प्रमोद रायमाझी ,सबु कँडेल ,दिलीप कुर्मी ,सोनालाल पटेल , परितोश द्विवेदी लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।

Related posts

सरकारमा सहभागी हुने राप्रपाकाे निर्णय

MadhesKhabar

वीरगन्ज–१९ मा घरदैलोमा रास्वपा उम्मेदवार कानुको वाचा : किसानका समस्या सदनसम्म पुर्याउछु

MadhesKhabar

अखिल (क्रान्तिकारी)को केन्द्रिय सचिवमा पर्साका मिरोज निर्विरोध निर्वाचित

MadhesKhabar

Leave a Comment