Madhes Khabar
खेलकुद

एनपीएल: काठमान्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं,२४मंसिर : नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ।

 

एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनमा चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।

फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्सकाे समाना गर्नेछ ।

पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौंले दिएको ११२ रनको सामान्य लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

Related posts

दिल्लीमाथि काेलकाताकाे सहज जित

MadhesKhabar

आसिफ शेखले अर्धशतक हानेको अभ्यास खेलमा नेपालको सानदार जित

MadhesKhabar

वीरगन्जमा निर्माणाधीन कभर्ड हलकाे फलामे डन्डी चाेरी

MadhesKhabar

Leave a Comment