Madhes Khabar
स्वास्थ्य

पर्साको सिर्सियामा २७५ जनाको आँखा जाँच गर्दा ७६ जनामा भेटियो मोतियाबिन्दु

वीरगन्ज,२०मंसिरः पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ सिर्सिया गाँउमा शनिबार आयोजित निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविरबाट आँखा जाँच गराएकाहरुमध्ये ७६ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ ।

लायन्स क्लब वीरगन्ज परिवार र लायन्स क्लब वीरगन्ज सेन्ट्रलको संयुक्त आयोजनामा भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविरमा जाँच गराएका २७५ जनामध्ये ७६ जनामा मोतियाबिन्दुको समस्या भेटिएको हो ।

स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगन्ज सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूको टोलीले आँखाको जाँच तथा परामर्श सेवा प्रदान गरेका थिए।मोतियाबिन्दु रोग पत्ता लागेकाहरुको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब वीरगन्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय जानकारी दिए।

समाजसेवी परशुराम पासवानको अध्यक्षतामा आयोजित शिविरमा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसकी नेतृ आशा देवी, प्रभु अस्पतालका सञ्चालक डा.मनोज गुप्ता, डा.लक्ष्मी थापा, समाजसेवी मनोज कुमार चौहान , नन्दकिशोर चौहान लगायतकाकोपनि उपस्थिति रहेको थियो।

Related posts

नारायणी अस्पतालमा ५ बर्षदेखि भवन नबनेपछि डाक्टर र नर्सहरुले अवरुद्ध पारे त्रिभुवन राजपथ

MadhesKhabar

वीरगन्जको बयोधा हस्पिटलले उपचारका नाममा लुटीरहेको बिरामीका आफन्तको आरोप

MadhesKhabar

विश्व स्वास्थ्य तथा सुरक्षा दिवसको अवसरमा वीरगन्जमा प्रभातफेरि

MadhesKhabar

Leave a Comment