
मधुरी महत्तो
वीरगन्ज, १५ बैशाख : विश्व स्वास्थ्य तथा सुरक्षा दिवस बिहीबार वीरगन्जमा पनि मनाइएको छ ।
बिहीबार वीरगन्जमा प्रभातफेरिको आयोजना गरिए दिवस मनाइएको हो ।
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यबारे सचेतना जगाउन हरेक वर्ष अप्रिल २८ तारिकका दिन विश्व स्वास्थ्य तथा सुरक्षा दिवस मनाउने गरिन्छ ।
वीरगन्जमा बिहीबार बिहान इन्डस्ट्री अल नेपाल नामक संस्थाको आयोजनामा निकालिएको प्रभातफेरिले नगर परिक्रमा गरेको थियो ।
घण्टाघर चोकबाट निस्किएको प्रभातफेरि माइस्थान, आदर्शनगर, कैलाश होेटल चोक , घडिअर्वा हुँदै माइस्थान स्थित पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।प्रभातफेरिमा सहभागीहरुले सचेत बनौं, सुरक्षित रहौं, कार्यस्थलमा उचित औजारको प्रयोग गरौं, सुरक्षा पहिले, श्रम ऐन लागू गरौं, सामाजिक सुरक्षा ऐन लागू गरौं लगायतका नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए ।
माइस्थान पार्कमा भएको कोणसभामा बोल्ने वक्ताहरुले श्रमिकको सुरक्षा र स्वास्थ्यमा गरिने लगानी खेर जाने खर्च नभएर उत्पादन बढाउन सघाउने सूत्र भएको बताएका थिए ।
उनिहरुले सामाजिक सुरक्षा ऐन लागु नहुदा मजदुर , श्रमिक र कर्मचारीलाइ समस्या भएकाले उक्त ऐनको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

