Madhes Khabar
समाज हेडलाइन

रौतहटमा आफ्नै घरभित्र गाडिएको महिलाको शव फेला, परिवारका सदस्यहरु फरार

रौतहट, ९ मंसिर :रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरुको मिलेमतोमा विभत्स ढंगले हत्या गरेको रहस्य बाहिरिएको छ ।भुसाहा निवासी शेख आदिलकी पत्नि २५ वर्षीया तरीमा खातुनलाई मारेर सोमबारराति आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा शव प्रहरीले फेला पारेको हो ।

मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन् ।

उनिहरु मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा छ ।

गत कात्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएपछी परिवारका सदस्यले उनको हत्या गरेको अनुमान गरिएको छ ।त्यसबेला दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा अलाहुदिन र खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले बताए ।

ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको र छोरा दिदीको घर अर्थात् ससुराली आएकैबेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए । भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनको भनाइ छ ।

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रिमेश शिवाकोटी /अन्न्पूर्णपोष्ट

 

 

Related posts

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

MadhesKhabar

नागरिकता लगायतका मुद्धा सम्बोधनका लागि जसपा जित्नु पर्छ : प्रदीप यादव

MadhesKhabar

पर्साको सरकारी विद्यालयका बालबालिकालाई युवा नेता मितवाले बाँडे स्कूल ब्याग

MadhesKhabar

Leave a Comment