Madhes Khabar
काेशी प्रदेश

नक्कली नोटसहित दुई भारतीय युवक बसपार्कबाट पक्राउ

सांकेतिक तस्वीर

विराटनगर,१कात्तिक : विराटनगरबाट भारतीय नक्कली नोटसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्यको अररियाका २३ वर्षीय मोहमद अरबाज र मोहमद राजा रहेका छन् । उनिहरु दुवै जनालाई शुक्रबार साँझ विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।

उनीहरु भारतको जोगवनीबाट सीटी सफारी चढेर विराटनगर आएको र विराटनगर बसपार्कमा ओर्लिएपछि अरबाजले सफारी चालकलाई भारतीय २ सय रूपैयाँको नोट दिएका थिए । सफारी चालकले नोट नक्कलीजस्तो लागेर प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले शरीर खानतलासी गर्दा अरबाजको साथबाट २ सय दरका १८ थान र ५ सय दरको १ थान नक्कली नोट बरामद गरे जानकारी चुँडालले दिइन् ।

नक्कली भारतीय नोट फेला परेपछि प्रहरीले सुरुमा अरवाजलाई पक्राउ ग¥यो । उनीसँगै आएका राजा पनि पक्राउ परे । नक्कली भारतीय नोट नेपाल भित्राउने गिरोहसँग सम्बन्धित हुन सक्ने प्रहरीको आशंका छ । साभारःअन्नपूर्णपोष्ट

Related posts

भारतबाट मानव कंकाल लिएर आउँदै गरेका राय पक्राउ

MadhesKhabar

युवतीमाथि सामूहिक बलात्कार, एक बालकसहित तीन जना पक्राउ

MadhesKhabar

हेलिकप्टर दुर्घटना (अपडेट) : एकको मृत्यु, चार जना घाइते

MadhesKhabar

Leave a Comment