Madhes Khabar
काेशी प्रदेश

ब्राउन सुगरका कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सांकेतिक तस्बिर ।

विराटनगर,१जेष्ठःमोरङमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको टोलीले मोरङको रतुवामाई नगरपालिका–६ मा कादुपाडामा मंगलबार दिउँसो ३ बजेतिर प्रहरीले गोली चलाएको हो। मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गोली हानेर ब्राउन सुगरका कारोबारी भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ। भारतको किसनगञ्ज–८ घर बताउने ३४ वर्षीय भगीरथ हरिजनलाई पक्राउ गरिएको उनले बताए।

हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गरेपछि पेस्तोलबाट २ राउण्ड गोली फायर गरिएको प्रहरीले जनाएको छ। हरिजनको दाहिने तीघ्रामा गोली लागेको छ। शंकास्पद अवस्थामा भेटिएका उनलाई प्रहरीले पिछा गरेको थियो। हरिजनलाई बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

तर, प्रहरीमाथि नै जाइलागेपछि गोली चलाउनु परेको बताइएको छ। घाइते अवस्थाका हरिजनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको छ। उनको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १ सय ५८ ग्राम धुलो पदार्थ (प्लाष्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ।

हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक निरीक्षक नवीन साही सामान्य घाइते भएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्कीले बताए।साभारःअन्नपूर्ण पोष्टबाट

Related posts

मोरङ २ : एमालेका पोखरेलसंग सुजाता कोइरालाको लज्जास्पद हार

MadhesKhabar

काेशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार बनाउन सर्वोच्चको परमादेश

MadhesKhabar

घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

MadhesKhabar

Leave a Comment