Madhes Khabar
काेशी प्रदेश

युवतीमाथि सामूहिक बलात्कार, एक बालकसहित तीन जना पक्राउ

सांकेतिक फाेटाे

वीराटनगर,२९असोज :विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले तीनजना यातायात मजदुरलाई पक्राउ गरेको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको समयमा उक्त घटना भएको बताए । घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए ।

खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पु¥याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले जानकारी दिए ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

घरमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment