Madhes Khabar
काेशी प्रदेश

धरानमा ब्रेक फेल भएर बस दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु

सुनसरी,४माघ : धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते पनि भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले जानकारी दिए।

को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक फेल भई अनियन्त्रित भएपछि सडक छेउमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको र त्यसपछि सडक किनारमा पल्टिएको राईले जानकारी दिए। उनका अनुसार तीव्र गतिमा रहेको बसले पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै केहीको मृत्यु भएको हो र बसमा सवार सबै यात्रु घाइते भएका हुन्।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन।

Related posts

अझै शान्त भएन सुनसरी,सदरमुकाम इनरुवासहितका ५ पालिकामा थप कर्फ्यू

MadhesKhabar

उदयपुरमा जिप दुर्घटना हुदाँ ७ जनाकाे मृत्युु

MadhesKhabar

भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

MadhesKhabar

Leave a Comment