वीरगन्ज,३०असोजःवीरगन्जमा “पहिलो कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ।
चित्रगुप्त समिति वीरगन्जको सहयोगमा चित्रांश यूथ टिम वीरगन्जले आगामी कात्तिक ७ गते “पहिलो कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता” आयोजना गर्न लागेको हो ।
प्रतियोगिताका बारेमा जानकारी दिन बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक ७ गते वीरगन्जको ज्ञानदा एकेडेमीको खेल मैदानमा हुने एक दिने प्रतियोगितामा कुल १० टिमले भाग लिने जानकारी दिइएको छ । प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण खेल एकै दिनमा सम्पन्न गरिने योजना रहेको कार्यक्रम संयोजक प्रकाश कर्णले जानकारी दिए ।
युवाहरुबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको राजन श्रीवास्तवले जानकारी दिए । पत्रकार सम्मेृलनमा चित्रगुप्त समिति वीरगन्जका अध्यक्ष महेश दासकोपनि उपस्थिती थियो ।

