Madhes Khabar
काेशी प्रदेश

माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

सांकेतिक तस्बिर ।

झापा,३०असोजःझापाको गौरादह नगरपालिका–९ स्थित सिस्ने खोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो ३ जना बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी छोरी ११ वर्षीया रोशनी परियार रहेका छन् ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

 

Related posts

खोटाङमा भूकम्प पछि पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदै

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment