Madhes Khabar
काेशी प्रदेश

खोटाङमा भूकम्प पछि पटक–पटक पराकम्प, भौतिक संरचनामा क्षति, विवरण सङ्कलन हुँदै

मधेसखबर
वीरगन्ज,१५ साउन : आइतबार बिहान ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक–पटक पराकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।भूकम्प गएलगत्तै पटक–पटक पराकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले जानकारी दिए ।

भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइनसकेको उनले बताए । अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेका साकेला गाउँपालिकाका अध्यक्ष राईले बताए ।

लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उनले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गरेका छन् । भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ ।

पानी पनि परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ । भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेका त्यहाँका वडाअध्यक्ष अर्जुन कटवालले जानकारी दिए ।

Related posts

धरानमा ब्रेक फेल भएर बस दुर्घटना हुदाँ ५ जनाकाे मृत्यु

MadhesKhabar

ब्राउन सुगरका कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

MadhesKhabar

ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

MadhesKhabar

Leave a Comment