Madhes Khabar
काेशी प्रदेश

ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

झापा,२९असोजः झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित बुबा र छोरा पक्राउ परेका छन्। लागूऔषधसहित भारतको बिहारको किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर– ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

होटेलमा लागू औषधको कारोबार भइरहेको जानकारी पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा–छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।साभार : अन्नपूर्णपोष्ट

Related posts

खोटाङमा भुकम्पले २८ घरमा क्षति

MadhesKhabar

विस्फाेट हुदाँ खेल्दै गरेका ३ बालबालिका घाइते ,२ काे अवस्था गम्भीर

MadhesKhabar

केपी ओलीको चुनाव खर्च १८ लाख ८२ हजार रुपैया मात्र

MadhesKhabar

Leave a Comment