Madhes Khabar
काेशी प्रदेश

खोटाङमा भुकम्पले २८ घरमा क्षति

तस्वीर :रासस

मधेसखबर
वीरगन्ज,१६ साउन ः:खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्र विन्दु बनाएर आइतबार बिहान गएको ६ रेक्टर स्केलको भूकम्पले २८ वटा घरमा क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको रेकर्ड अनुसार आइतबारको भुकम्पले साकेला गाउँपालिकामा २५ घर र हलेसी तुवाचुङमा ३ घरमा क्षति पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंका अनुसार साकेला गाउँपालिकामा १२ घरमा अलिक बढी र १३ घरमा सामान्य क्षति पुगेको छ ।

यस्तै, हलेसी तुवाचुङमा ३ घरमा क्षति पुगेको उनले जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका गंगा राई, वडा नं ९ सल्लेका ध्रुव पौडेल र वडा नं ५ दुर्छिमका तेजबहादुर नेपालीको घरमा क्षति पुगेको छ । अन्यतिर पनि लगत संकलन भइरहेको प्रजिअ सेढाईंले बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । साभार : कान्तिपुर

Related posts

ब्राउन सुगरसहित बुबा–छोरा पक्राउ

MadhesKhabar

विस्फाेट हुदाँ खेल्दै गरेका ३ बालबालिका घाइते ,२ काे अवस्था गम्भीर

MadhesKhabar

बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद

MadhesKhabar

Leave a Comment