काठमाडौं,२१ असोज :काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपालका सुदन गुरुङविरुद्ध कारबाहीको माग गर्दै एमालेको भातृ संगठन अनेरास्ववियुले प्रहरीमा किटानी जाहेरी दिएको छ ।
सिंहदरबारसहित राज्यका संरचना जलाएको तथा प्रहरीको हत्या गरेको आरोपमा शाह र गुरुङलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै अनेरास्ववियुका नेताहरुले मंगलबार साँझ जिल्ल प्रहरी परिसर काठमाडौंमा कटिानी जाहेरी दिएका हुन् ।
किटानी जाहेरी बुझेको प्रहरीले यसबारे २४ घण्टाभित्र निर्णय लिने जानकारी गराएको छ ।‘प्रहरीले २४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भनेको छ,’ अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने ।
यसअघि जेनजीको एक समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।

