
मधेसखबर
वीरगन्ज,०४माघ : प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने बिच प्रतिस्पर्धा हुने भएको छ । सभामुखका लागि बुधबार घिमिरे र न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।
झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे २०५६ मा भने राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।उनको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।
कांग्रेसकी उम्मेदवार न्यौपाने भने कैलालीकी समानुपातिक सांसद् हुन् ।उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला रहेका छन् ।न्यौपानेलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठकले सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सभामुख पदको लागि प्रतिनिधीसभामा बिहीबार मतदान हुनेछ ।

