काठमाडौं,१८असाेज:नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स टी-२० खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।पहिलाे खेल मलेसियाले जितेकाे थियाे ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा शनिबार बिहान भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै ४ विकेटकाे क्षतिमा ९१ रन मात्र बनाएको थियो । उसका लागि आइना हमिज हसिमले ६३ बलको सामना गर्दै ५० रन बनाइन् ।
९२ रनकाे लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे । नेपालले सुरुकै दुई बलमा दुई विकेट गुमाए पनि यो जित निकालेको हो ।
नेपालका लागि पूजा महतोले ३९ बलमा ३९ रन नै बनाइन् । यस्तै कप्तान इन्दु बर्माले २१ बलमा २७ रन बनाइन् ।अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ ।

