Madhes Khabar
खेलकुद

टी-२० सिरिज : मलेसियामाथि नेपालकाे सानदार जित

काठमाडौं,१८असाेज:नेपालले दोस्रो इन्टरनेसनल वुमेन्स टी-२० खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।यससँगै पाँच खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ ।पहिलाे खेल मलेसियाले जितेकाे थियाे ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा शनिबार बिहान भएको खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै ४ विकेटकाे क्षतिमा ९१ रन मात्र बनाएको थियो । उसका लागि आइना हमिज हसिमले ६३ बलको सामना गर्दै ५० रन बनाइन् ।

९२ रनकाे लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे । नेपालले सुरुकै दुई बलमा दुई विकेट गुमाए पनि यो जित निकालेको हो ।

नेपालका लागि पूजा महतोले ३९ बलमा ३९ रन नै बनाइन् । यस्तै कप्तान इन्दु बर्माले २१ बलमा २७ रन बनाइन् ।अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ ।

Related posts

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

एनआई कपमा नेशनल एकेडेमीसंग वीरगन्ज कलेज पराजित

MadhesKhabar

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

MadhesKhabar

Leave a Comment