Madhes Khabar
खेलकुद

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवले गरे उद्घाटन

वीरगन्ज,६जेठःपर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ औराहा पचगावामा मंगलबारदेखि राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकामा रहेका सामुदायिक विद्यालयहरु सहभागी उक्त प्रतियोगिताको गाँउपालिका अध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष यादव खेलकुद स्वस्थ्य जिवनका लागि अपरहार्य रहेको बताए ।साथै खेलकुदले देशको नामलाई विश्वमा चिनाउने कामपनि गर्ने भन्दै उनले विद्यालयस्तरमा हुने खेलकुदले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्दै आएको बताए । त्यसैका कारण पालिकाले हरेक वर्ष पालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिइरहने बताए ।

सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ औराहा पचगावास्थित दीपनारायण आदर्श उच्च माविको मैदानमा मंगलबारदेखि सुरु प्रतियोगिता जेठ ८ गतेसम्म चल्ने गाँउपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा पालिकामा रहेका ९ वटा सामुदायिक विद्यालयहरु सहभागि छन् । प्रतियोगितामा दौड,हाइ जम्प, लङ्ग जम्प,सट्फुट्, भलिबल,कबड्डी लगायतका खेलहरु समावेश गरिएको साहले जानकारी दिए ।

वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्तो थारुको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा गाँउपालिका उपाध्यक्ष शर्मिला विष्ट, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य,विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक,शिक्षिका लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

साफ यू१७ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात,श्रीलंकामाथि सहज जित

MadhesKhabar

ठोरीको तिजकप फुटबल: निर्मल समाज युवा क्लब र निर्मल समाज क्लब सेमिफाइनलमा

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment