प्रमोद यादव
वीरगन्ज,६असोजःपर्साको मनन्पुर गाँउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका वडा नम्बर ७ मनन्पुर गाँउमा रहेको बाख्राको खोरबाट सशस्त्र प्रहरीले १९ किलो १२६ ग्राम चरेस बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट प्रसौनीभाट्टाबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्त्वमा गएको टोलीले मनन्पुरमा रहेको बाख्राको खोरमा खानतलासी गर्र्दा दुई वटा प्लाष्टिकको झोलामा रहेको चरेस फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालले जानकारी दिए ।उक्त खोर कस्को रहेको र त्यहाँ चरेस कस्ले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
बरामद चरेस आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कटुवालले जानकारी दिए ।

