Madhes Khabar
समाचार

अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत


मधेसखबर
वीरगञ्ज, साउन २४ गते । सबै प्रदेशहरुले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तर तह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो ।

यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट लागू हुने गरी यातायात व्यवस्था विभागले जारी गरेको अंकभारमा आधारित प्रणालीको लाइसेन्स परीक्षा लिन सबै प्रदेश सहमत भएका हुन् ।

अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन । केही प्रदेशमा सुरु भएपनि अन्योलहरु कायम थिए ।

 

अब सबै प्रदेशमा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी एकै नासको हुने जनाईएको छ ।

 

पुरानो प्रणाली अनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंक भार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ ।

अर्थात् सामान्य गल्ती गरेपनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

 

नयाँ निर्देशिका अनुसार विभागले परीक्षाका लागि ५ सय वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ ।

विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेड सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

 

त्यही संग्रह भित्रबाट लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ ।३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्ने जनाईएको छ ।

 

नयाँ व्यवस्था अनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू हुन्छ । साभार : अनलाईनखबर

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिमा न्यायधिश अर्यालले गरे निरिक्षण

MadhesKhabar

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

MadhesKhabar

वीरगन्जमा एकैदिन २ करोड भन्दा बढिको सामान सहित तीन वटा गाडी पक्राउ

MadhesKhabar

Leave a Comment