वीरगन्ज,२५माघःबारामा पनि प्रहरीले लागू औषध गाँजाको खेती फाडानी गरेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ ।बिहीबार एकदैन बारामा प्रहरीले ९ बिघामा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी र नयाँबस्तीमा गरी पाँच बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोली ती दुवै गाँउमा गरि करिब १ लाख वटा गाँजाको बोट फडानी गरिएको उनले बताए ।
यस्तै बिहीबार नै बाराको निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा गरी ४ बिघाको गाँजा खेती फडानी गरेर नष्ट पारिएको उनले बताए ।ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले ती दुवै वडामा गरेर करिब ८० हजार वटा गाँजाको बोट फडानी गरेर नष्ट गरेको सापकोटाले जानकारी दिए ।

