वीरगन्ज,०४असोजःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हौंसला उच्च पारेर नगरको विकास र जनताको सेवामा लाग्न महानगरका जनप्रतिनिधीहरुलााई आग्रह गरेका छन् ।शनिबार वीरगन्जको नगरसभागृहमा आयोजित वीरगन्ज महानगरपालिकाको १८ औं विशेष अधिशन (विशेष नगरसभा) लाई सम्बोधन गर्दै मेयर सिंहले उक्त आग्रह गरेका हुन् ।
जनेजी आन्दोलनका क्रममा अराजक समुहबाट ध्वस्त बनाइएको महानगरका सार्वजनिक सम्पति र भवन लगायतका संरचनाको पुर्ननिर्माणमा आँफुहरु जुटि सकेको भन्दै मेयर सिंहले विशेष नगरसभामा सहभागी वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुलाई अनुरोध गर्दै अहिलेको विषम परिस्थितीमा सबै जना एकजुट भएर नगरको विकास र सेवाग्राहीलाई दिने सेवा सञ्चालनमा जुट्नुपर्नेमा जोड दिए ।उनले भने,‘ तपाँइहरुको साथ र सहयोग मलाईपनि मिल्नेछ भन्ने अपेक्षा गरेको छु । अब तपाईहरुपनि हौंसला उच्च गरेर यहाँहरु जनताको सेवामा लाग्नु होस् ।मेरो निवेदन छ ’ ।
शनिबारको विशेष नगरसभाले जेनजी आन्दोलनका क्रममा अराजक समुहको तोडफोड र आगजनीबाट ध्वस्त भएका भौतिक संरचनाहरु पुर्ननिर्माण र व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट संशोधन गरेको छ । विशेष नगरसभामा महानगरका मेयर राजेशमान सिंहले पेस गरेको पुर्ननिर्माणसम्बन्धी प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए ।

