Madhes Khabar
शिक्षा

वीरगन्जमा आज सबै स्कुल र कलेज बन्द

वीरगन्ज, २४ भदौ:वीरगन्ज महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था आज (मंगलबार) बन्द हुने भएका छन्। पछिल्लो समय उत्पन्न विषम परिस्थिति र जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी कर्फ्यू आदेशका कारण आजको पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको हो।

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्ज महानगर क्षेत्रलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको छ। उक्त आदेशपछि महानगरपालिकाभित्र सञ्चालन भइरहेका विद्यालय, कलेज लगायतका सम्पूर्ण शिक्षण संस्थामा आज पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा प्रकाशित सूचनामा भनिएको छ, “मंगलबार वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण शिक्षण संस्था बन्द रहनेछन्। सोसम्बन्धी जानकारीका लागि यो सूचना जारी गरिएको छ।”

यससँगै आजै जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा तय गरिएको हैजा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

हाल वीरगन् क्षेत्रमा सुरक्षात्मक कारण कर्फ्यू आदेश लागू गरिएको छ भने स्वास्थ्य क्षेत्रमा हैजाको संक्रमण नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। यस्तो परिस्थितिमा सुरक्षात्मक सतर्कता अपनाउँदै वीरगन्ज महानगरपालिकाले शिक्षण संस्था र सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

Related posts

गर्मीले बालबालिकालाई समस्या परेपछि बिहानी कक्षा सञ्चालन गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन

MadhesKhabar

बिन्दवासिनी गाँउपालिकाले सामुदायिक विद्यालयलाई दियाे १२ सेट कम्प्युटर

MadhesKhabar

Leave a Comment