Madhes Khabar
शिक्षा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन

काठमाडाैं,२०भदाैं: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

परिक्षा नियन्त्रण कार्यालयले बुधबार एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मंगलबार र १० गते बुधबारर हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।

२०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ।

यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

Related posts

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

वीरगन्जका हरेक विधालयमा सुचना अधिकारी तोक्न महानगरको निर्देशन

MadhesKhabar

परीक्षामा कडाइ गरेकाे भन्दै विद्यार्थीले हरिखेतान क्याम्पसमा गरे ताेडफाेड

MadhesKhabar

Leave a Comment