Madhes Khabar
शिक्षा

बिन्दवासिनी गाँउपालिकाले सामुदायिक विद्यालयलाई दियाे १२ सेट कम्प्युटर

वीरगन्ज ,१६जेष्ठ : पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एक सामुदायिक विद्यालयलाई १२ सेट कम्प्युटर उपलब्ध गराएकाे छ ।

बिन्दवासिनी गाउँपालिकाका वडा नंब। ३ झाैवामा रहेकाे रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई मंगलबार गाउँपालिकाले १२ सेट कम्प्युटर उपलब्ध गराएकाे हाे ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारी र प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालयमै विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई कम्प्युटर हस्तान्तर गरेका हुन् ।

विद्यालयमा अध्ययनरत छात्र/छात्राकाे प्राबिधिक ज्ञानलाई मध्य नजर गर्दै कम्प्युटर उपलब्ध गराइएकाे गाउँपालिका अध्यक्ष तिवारीले बताए । उनले आफ्नाे कार्यकालमा गाउँपालिकाकाे शिक्षा क्षेत्रलाई आधुनिकिकरण गरि सम्पुर्ण विद्यार्थीकाे पहुँचसम्म प्राबिधिक शिक्षा पुर्याउँने आफ्नाे लक्ष्य रहेकाे पनि बताए।

प्रमुख प्रशासकिय अधिकृत साहले गाउँपालिकाले आवश्यकता अनुसार सधै बिद्यालय तथा विद्यार्थीकाे हक हितका लागि हर सम्भव सहयाेग गर्ने बताए ।

त्यस अवसरमा नेपाल शिक्षक संघका अध्यक्ष नन्दु कुमार प्रसाद यादव, शिक्षकहरू सन्जय सर्राफ, सुकदेव प्रसाद चाैरसिया, शिव कुमार कलवार, अमाेद दास तत्वा, प्रमाेद चाैहान,अनुपा पटेल, मुकलेश गद्दीलगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

पर्साको मुड्लीका विद्यार्थीहरु आन्दोलित, विद्यालयमा तालाबन्दी

MadhesKhabar

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

MadhesKhabar

बाराको खुटवाजब्दीमा नियम मिचेर एसईईको केन्द्राध्यक्ष नियुक्त

MadhesKhabar

Leave a Comment