Madhes Khabar
स्थानिय

नेपाल इन्जिनियर्स एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरु वीरगन्ज महानगरबाट सम्मानित

वीरगन्ज, ३ भदौं :नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ।

महानगरका मेयर राजेशमान सिंहले मंगलबार आफ्नो कार्यकक्षमा मेयर सिंहले नवनिर्वाचित अध्यक्ष प्रियान्शु कुमार गुप्ता, उपाध्यक्ष श्याम किशोर दास, सचिव मनिष केशरीसहित कार्यसमितिलाई सम्मानित गर्दै उनिहरुको कार्यकालको सफलताका लागि शुभकामनासमेत दिए ।

त्यस अवसरमा मेयर सिंहले इञ्जिनियरहरूको पेशागत दक्षता र इमान्दारिता देशको विकासका लागि आवश्यक रहेको भन्दै नयाँ नेतृत्वले अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।उनले भने, “इञ्जिनियरहरू विकासको मेरुदण्ड हुन् । तपाईँहरूको योजनाबद्ध काम र इमानदार प्रयासले मात्र शहर र देशको विकास सम्भव हुन्छ । त्यसका लागि महानगर सधैं सहयोगका लागि तयार छ ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पनि नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै व्यावसायिक मर्यादा कायम राख्दै महानगर र समुदायसँग सहकार्यमा काम गर्न आग्रह गरे ।उनले नयाँ नेतृत्वले इञ्जिनियरहरूको हकहितसँगै समाज विकासमा ठोस योगदान पु¥याउने अपेक्षा व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष प्रियान्सु कुमार गुप्ताले महानगरले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै इञ्जिनियरिङ क्षेत्रको उन्नति र पेशागत मर्यादा कायम राख्न सबैलाई साथ दिन आग्रह गरे । उनले आगामी दिनमा युवा इञ्जिनियरहरूको क्षमता विकास, तालिम र प्राविधिक क्षेत्रमा नवीनता ल्याउन आफू प्रतिबद्ध रहने पनि बताए ।

उपाध्यक्ष श्याम किशोर दास र सचिव मनिष केशरीले पनि आफ्नो कार्यकालमा संस्थालाई बलियो बनाउन र सदस्यहरूबीच एकता कायम राख्न प्राथमिकता दिने बताए।

Related posts

वीरगन्ज नमुना सयुँक्त राष्ट्र संघ सम्मेलन सम्पन्न

MadhesKhabar

बाराकाे पचराैता नगरपालिकामा फेरि एक युवककाे हत्या 

MadhesKhabar

वीरगन्ज महानगरकाे नीति : ‘वैभव वीरगन्ज’को परिकल्पना साकार पारिने

MadhesKhabar

Leave a Comment