Madhes Khabar
कृषि

सरकारले बढायो धानको मूल्य

फाइल तस्बिर ।

काठमाडौं,२९ साउनःसरकारले चालू आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल तोकेको हो। जुन गत वर्षको तुलनामा बढी हो ।

गत वर्ष सरकारले मोटा धानको मूल्य ३ हजार ४१० रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ५८० रुपैयाँ तोकेको थियो । यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको थियो ।यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो ।

Related posts

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

यसवर्ष नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

MadhesKhabar

अन्नको भण्डारमा मधेसमा असार आधा बित्दा ३.९ प्रतिशतमात्रै धान रोपाइँ

MadhesKhabar

Leave a Comment