Madhes Khabar
कृषि

सरकारले बढायो धानको मूल्य

फाइल तस्बिर ।

काठमाडौं,२९ साउनःसरकारले चालू आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल तोकेको हो। जुन गत वर्षको तुलनामा बढी हो ।

गत वर्ष सरकारले मोटा धानको मूल्य ३ हजार ४१० रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ५८० रुपैयाँ तोकेको थियो । यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

जसअनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको थियो ।यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो ।

Related posts

मधेस प्रदेशमै सबै भन्दा बढी धान रोपाइँ बारा र पर्सामा

MadhesKhabar

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुचौपायाको मृत्यु

MadhesKhabar

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

MadhesKhabar

Leave a Comment