Madhes Khabar
कृषि

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुचौपायाको मृत्यु

काठमाडौं,२१भदौं : कृषि तथा पशुपक्षीमन्त्री डाक्टर बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।

हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए ।
यो रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्री भुषालले जानकारीपनि गराए ।

Related posts

सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेसमा अध्ययन टोली पठाउँदै कृषि मन्त्रालय

MadhesKhabar

चिनी मिल चलाउन माग गर्दै किसानहरुले गरे प्रदर्शन

MadhesKhabar

पर्सामा पनि देखियो मकैमा घोघा नलाग्ने समस्या,किसानहरु चिन्तित

MadhesKhabar

Leave a Comment