Madhes Khabar
स्थानिय

रसुवाकाे बाढीमा बेपत्ता बाराका प्रहरी जवान ठाकुरको कुशको शव बनाएर गरियाे दाहसंस्कार

तस्बिर :प्रह्लाद चाैरसिया।

बारा,२३साउन: नेपाल–चीन सिमानास्थित रसुवागढीमा गत असार २४ गते बाढीमा बेपत्ता भएका प्रहरी जवान मुन्ना ठाकुरको अवस्था अज्ञात बनेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

घटना भएको एक महिनासम्म पनि शव नभेटिएपछि उनका परिवारले ३२औं दिनमा कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बाराको फेटा गाउँपालिका १ भलुही घर भएका २४ वर्षीय प्रहरी जवान ठाकुर रसुवाको नेपाल–चीन सीमा नाकामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा बेपत्ता भएका थिए। बाढीले नेपालमा सीमा क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

उक्त बाढीमा बेपत्ता भएका ठाकुर जिल्ला प्रहरी कार्यालय पर्सामा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। उनि बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका थिए। त्यही बेला बेपत्ता भएका ठाकुरको अवस्था त्यसयता अज्ञात छ।

बाढीमा परी ठाकुरसहित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ र प्रहरी जवान लोकेन्द्र बोहोरा गरी २० जना बेपत्ता भएका थिए। बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव असार २५ गते चितवनको त्रिशूली नदी किनारमा फेला परेको थियो। उक्त बाढीमा १९ जनाको अवस्था अझै अज्ञात छ।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक, ११ जना स्थानीय र दुई प्रहरी जवान छन्। शव भेटिने सम्भावना नदेखेपछि परिवारले शुक्रबार धार्मिक विधिअनुसार ठाकुरको अन्तिम संस्कार गरेका हुन्। कुशको शव बनाएर गरिएको अन्तिम बिदाइका क्रममा ठाकुरकी पत्नी गुञ्जासहित परिवारका सदस्य र आफन्त मुर्छित बनेका थिए। प्रहरी जवान ठाकुरका एक छोरा छन्। दिवाकर भण्डारी/अन्नपूर्णपाेष्ट

Related posts

पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो देशभरिमै उत्कृष्ट ‘सि लिड्स आइकन’ले सम्मानित

MadhesKhabar

वीरगन्ज महानगरले अधिनमा ल्यायो अतिक्रमित ५ विघा जग्गा

MadhesKhabar

जालिमका छोरा मतपत्र र स्वास्तिक छाप सहित पक्राउ

MadhesKhabar

Leave a Comment