Madhes Khabar
स्वास्थ्य

पर्साकाे जगरनाथपुर गाँउपालिकाका नागरिकले नेशनल मेडिकल कलेेजमा उपचार गराउँदा छुट पाउने

वीरगन्ज,२१साउन:पर्साकाे जगरनाथपुर गाउँपालिका र वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच सम्झाैता भएको छ।जगरनाथपुर गाँउपालिकाले आफ्नाे पालिका नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न नेशनल मेडिकल कलेजसंग सम्झौता गरेको हो ।

 

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ। सम्झाैता पत्रमा जगरनाथपुर गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र मेडिकल कलेजका तर्फबाट मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।

 

सम्झाैता अनुसार मेडिकल कलेजले जगरनाथपुर गाउँपालिकाका नागरिकलाई ओेपीडी टिकटमा २५ प्रतिशत,जेनरल बेड चार्जमा १५ प्रतिशत,आइसीयु,एनआइसीयु र पीआइसीयु बेड चार्जमा १६ प्रतिशत,सर्जरी (मेजर/माइनर) मा ८ प्रतिशत,प्याथोलोजी परीक्षणमा १० प्रतिशत,भिडियो एक्स-रे, एक्स-रे, इसीजी,इन्डाेस्काेपी,टिएमटी,सिटी स्क्यान र एमआरआई शुल्कमा ७ प्रतिशत,फार्मेसीमा १० देखि १५ प्रतिशत र दन्त सेवामा ७ प्रतिशत छुट दिने उल्लेख छ।

 

सम्झाैतापछि गाउँपालिकाका अध्यक्ष यादवले भने “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

Related posts

वीरगन्जमा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू

MadhesKhabar

वीरगन्जको अलौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ९०० बढी स्थानीय लाभान्वित

MadhesKhabar

चिसोले वीरगंज लगायत पर्सामा जनजिवन प्रभावित

MadhesKhabar

Leave a Comment