Madhes Khabar
स्वास्थ्य

वीरगन्जको अलौंमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ९०० बढी स्थानीय लाभान्वित

वीरगन्ज,१४असारःवीरगन्ज महानगरपालिका वडा नम्बर २५ अलौंमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी जनता लाभान्वित भएका छन् ।

नेकपा एमाले वीरगन्ज महानगर कमिटीको सहयोगमा मदन भण्डारी फाउन्डेसन पर्साले अलौंस्थित रामजानकी मन्दिर परिसरमा आयोजना गरेको स्वास्थ्य शिवरमा वडा नम्बर १७, २३, २४, २५ र २६ का गरी पाँच वटा वडाका गगरी ९ सय २५ जनाले स्वास्थ्य सेवाको लाभ लिएका हुन् । शिविरमा नाक,कान,दाँच र आँखाका साथै को स्वास्थ्य जाँच गरेर आवश्यकता भएकाहरुलाई औषधिपनि वितरण गरिएको मदन भण्डारी फाउन्डेसन पर्साका अध्यक्ष शत्रुधन नेपालले बताए ।

शिविरमा डाक्टर प्रमोद सर्राफ, डाक्टर चन्दन बेनर्जी, डाक्टर राजिव यादव,डाक्टर स्लेश्मा रिजाल, डाक्टर अजय अस्थान र डाक्टर शैलेश साहले शिविरमा आएकाहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी, एमाले वीरगन्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा, फाउण्डेशनका पर्सा इन्चार्ज ठाकुरप्रसाद न्यौपाने, वीरगन्ज–१७ का वडाध्यक्ष सञ्जु छत्कुली, वडा नम्बर २० का वडाध्ध्यक्ष रामकिशोर सिंह पराग, वडा नम्बर २४ का वडाध्यक्ष विजय कुर्मी , वडा नम्बर २५ का पपूर्व वडाध्यक्ष विश्वराज राउत कुर्मी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

पर्साको भेडिहारीमा निशुल्क आँखा शिविर सम्पन्न

MadhesKhabar

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित,दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ पुष्टि

MadhesKhabar

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै

MadhesKhabar

Leave a Comment