Madhes Khabar
स्वास्थ्य

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै

मधेशखबर
असाढ २६ , २०७९ वीरगंज पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको गरीएको कोरोना परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा र १ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै हालसम्म कोरोनाको सक्रिय संक्रमित ४ सय ७१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ६ सय ६२ जना होम आइसोलेसनमा छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा रहेका छन् । यस्तै एक जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९ सय ५६ पुगेको मन्त्रलयले जनाएको हो ।

Related posts

वीरगन्जको मूर्लीमा आयोजित निःशुल्क आँँखा शिविरबाटट २०० जना लाभान्वित

MadhesKhabar

वीरगञ्जमा बुधबार ५ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

MadhesKhabar

Leave a Comment