Madhes Khabar
स्वास्थ्य

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै

मधेशखबर
असाढ २६ , २०७९ वीरगंज पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको गरीएको कोरोना परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा र १ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै हालसम्म कोरोनाको सक्रिय संक्रमित ४ सय ७१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ६ सय ६२ जना होम आइसोलेसनमा छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा रहेका छन् । यस्तै एक जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९ सय ५६ पुगेको मन्त्रलयले जनाएको हो ।

Related posts

परवानीपुरमा जनमत पार्टीद्वारा आयोजित निःशुल्क आँखा शिविरबाट ८६ जना लाभान्वित

MadhesKhabar

महिला स्वंयसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

MadhesKhabar

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

MadhesKhabar

Leave a Comment