Madhes Khabar
स्वास्थ्य हेडलाइन

ब्रिटिश फौजलाई गोर्खालीले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

वीरगन्ज,३०कात्तिकः ब्रिटिश फौज (सेना)लाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्साको पर्सागढीमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणले आइतबार पर्सागढी नगरपालिका वडा नम्बर ६ मा अवस्थित ऐतिहासिक युद्धस्थलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला र पुरुष गरी ६ सय भन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् ।

आज भन्दा करिब २ सय १० वर्षअघि अर्थात विक्रम सम्बत् १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीको सकृयतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले ऐतिहासिक विजय हासिल गरेको थियो ।

त्यहि ऐतिहासिक विजयको स्मरण गर्दै सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको श्रीजंग गण वीरगन्जका गणपति एंव प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीयबासिन्दालाई लक्षित गरी संचालन गरिएको शिविरमा करिब ६ सयभन्दा बढी मानिसर्ले अर्थोपेडिक, छाती तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराएको उनले बताए । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको कार्कीले जानकारी दिए।

गाउँका अधिकांश नागरिक समयमै स्वास्थ्य सेवा लिन चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको उनले बताए ।साथै जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाई छ ।

Related posts

पर्साको एक सरकारी विधालयमा आगजनी, लाखौंको क्षति

MadhesKhabar

पर्सा जिल्ला मधेस प्रदेशमै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

MadhesKhabar

विद्यार्थीलाई आत्मनिर्भर बनाउन वीरगन्जमा रात्री साँस्कृतिक तथा खाना मेला

MadhesKhabar

Leave a Comment