Madhes Khabar
कृषि

खेतमा सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन विधुत प्राधिकरणको आग्रह

काठमाडौं,११साउनःनेपाल विद्युत प्राधिकरणले खेतमा सिंचाईका लागि प्रयोग हुने विद्यूतीय मोटरहरु राति ९ बजेपछि मात्र चलाउन आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय काठमाडौंले आइतबार एक सूचना जारी गर्दै मनसुन सुरु नभएसम्म सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

मधेसका जिल्लाहरुमा हाल खखडेरी र सुख्खाकाका कारण रोपाइ गर्न पानी नभएपछि मोटर तानेर सिँचाइ गरिरहेकाले यस्तो सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।यस वर्ष लामो समयदेखि मधेसका जिल्लाहरुमा खडेरीका कारण अत्याधिक गर्मी बढ्न गई वितरण लाइनको संरचनाहरु ओभरलोडमा संचालन भई न्युन भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

साथै बढी विद्युत खपत गर्ने उपकरणहरु कम मात्रामा चलाई विद्युत व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध समेत प्राधिकरणले गरेको छ ।

 

Related posts

वीरगन्जमा कृषिमन्त्री ज्वाला साहकाे छड्के अनुगमन

MadhesKhabar

मधेसमा सबैभन्दा बढी धान राेपाइँ पर्सा जिल्लामा

MadhesKhabar

धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँले बढ्यो

MadhesKhabar

Leave a Comment